
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशका सबै प्लान्टहरूबाट नियमित अक्सिजन उत्पादन शुरू भएको भन्दै क्षमता बढाएर बिरामीको उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएका छन् ।
बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले बन्द रहेको दाङको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको बताएका छन् ।
उनले भनेका छन्, 'लुम्बिनी प्रदेशका सबै प्लान्टबाट नियमित रुपमा अक्सिजन उत्पादन हुदैछ । वन्द रहेको दाङको अक्सिजन प्लान्ट पनि सुचारु भो । भारतवाट लिक्विड अक्सिजन आउन थाल्यो । थप अक्सिजन सिलिन्डरको व्यवस्था भो । अक्सिजनका कारणले क्षमता सिमित गर्न वाध्य अस्पतालहरुले क्षमता बढाएर विरामीको उपचार गरौं।'
लुम्विनी प्रदेशका सबै प्लान्टवाट नियमित रुपमा अक्सिजन उत्पादन हुदैछ । वन्द रहेको दाङको अक्सिजन प्लान्ट पनि सुचारु भो । भारतवाट लिक्विड अक्सिजन आउन थाल्यो । थप अक्सिजन सिलिण्डरको व्यवस्था भो । अक्सिजनका कारणले क्षमता सिमित गर्न वाध्य अस्पतालहरुले क्षमता वढाएर विरामीको उपचार गरौं।
— shankar.pokhrel (@shankarpokhrel8) May 7, 2021