काठमाडौं, २६ जेठ - सरकारले सवारी कर बढाएको छ । सोमवार अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषण गर्दै सवारी कर बढाएका हुन् । योसँगै मोटर साइकल तथा कारको कर बढेको छ ।
एक सय ५० सिसि सम्मको मोटर साइकल चढ्नु भएको छ भने अब बार्षिक रुपमा २५ सय रुपैयाँ बुझाउनुपर्ने भएको छ ।
एक सय २६ देखि दुई सय ५० सिसि सम्मकको मोटरसाइकल चढ्नेले बार्षिक ४ हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ । दुई सय ५१ देखि चार सय सिसि सम्मको मोटरसाइकल चढ्नले वार्षिक ८ हजार तिर्नुपर्ने भएको छ । चार सय एक सिसि र सो भन्दा माथि सिसि भएको मोटरसाइकले चढ्नेले वार्षिक १५ हजार रुपैयाँ सवारी कर तिर्नुपर्ने भएको छ ।
