०१ असार २०८३, सोमबार

लोकमानलाई कालाेमाेसो दल्नेविरुद्ध अदालतको अवहेलनामा कारवाही

कात्तिक २०, २०७४
लोकमानलाई कालाेमाेसो  दल्नेविरुद्ध अदालतको अवहेलनामा कारवाही
काठमाडाँ, १३ पुस - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वाेच्च अदालत परिसरमा दुव्र्यवहार गर्ने दुई जनाविरुद्ध अदालतको अवहेलनातर्फ कारबाही अगाडि बढाइएको गोरखापत्रले खबर छापेको छ ।

सर्वाेच्च अदालतको मुद्दा शाखामा तारेख लिने बेलामा कार्कीउपर कालोमोसोसहित आक्रमण गर्ने प्रबल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले मङ्गलबार दुवैजना उपर कारबाही अघि बढाउन आदेशसमेत दिएको छ।

इजलासले शाही र बुढाविरुद्ध सर्वाेच्च अदालत प्रशासनबाट प्रस्तुत गरिएको प्रतिवेदन अनुसार अवहेलना मुद्दा दर्ता गरी बयानलगायतका कार्य अघि बढाउन आदेश दिएको सहप्रवक्ता विश्वराज पौडेलले बताए । दुवै जनालाई अहिले प्रहरी हिरासतमै राखिएको छ।

प्रमुख आयुक्तमा गरिएको नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दामा गत विहीबार तारेख लिन मुद्दा शाखामा पुग्नुभएका कार्कीलाई नेकपा माओवादीको कार्यकर्ता बताउने शाही र बुढाले आक्रमण गरेका थिए । त्यस घटनालगत्तै प्रहरीले दुवैजनालाई पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्