२८ जेठ २०८३, बिहीबार

भारतसँग जोडिएका सबै सीमा नाका बन्द

बैशाख २५, २०७८
भारतसँग जोडिएका सबै सीमा नाका बन्द
प्रतिकात्मक तस्वीर

सर्लाहीका सबै सीमा नाका बन्द गरिएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ । 

नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर नेपाल–भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रजिअ तामाङले बताए । सरकारले २ नम्बर प्रदेशस्थित महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो ।

केही दिनदेखि मलङ्गवा नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्णरूपमा बन्द गरिएको छ । 

नेपालबाट भारत जान खोज्नेलाई नेपालतर्फ नै रोक्ने र भारतबाट नेपालतर्फ आउन खोज्नेलाई भारततर्फ नै रोक्ने गरी २ देशका सुरक्षा अधिकारीबीच सहमति भएको सशस्त्र प्रहरी बल १० नम्बर हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए ।

आवतजावत रोक्न जिल्लाको ५१ किलोमिटर भारतीय खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएपछि सीमाबाट हुने आवतजावत नियन्त्रण सम्भव भएको छ ।

२ देशका सीमा छुट्याउने दशगजामै जोडिएका बस्तीका वासिन्दा प्रहरीको आँखा छली लुकीछिपी नेपाल–भारत आवतजावत गरिरहेका छन् । सीमाका सम्पूर्ण वासिन्दा भारतीय बजारमै निर्भर रहेकाले सीमा क्षेत्रमा आवतजावत पूर्णरूपमा रोक्न सम्भव नभएको बलरा नगरपालिकाका प्रमुख अभय सिंहले बताए ।

भारतीय सीमावर्ती बजार नेपालीलाई नै लक्ष्य गरेर सञ्चालनमा रहेका नगर प्रमुख सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्