०७ असार २०८३, आइतबार

असार ९ मा विबाद, चुनावको मिति फेरि सर्न लागेको हो ?

कात्तिक २०, २०७४
असार ९ मा विबाद, चुनावको मिति फेरि सर्न लागेको हो ?

काठमाडौं १६ जेठ– जेठ ३१ गतेका लागि पूर्वनिर्धारित स्थानीय तहको दोस्रो चरणको चुनावको मिति असार ९ गते सार्ने सरकारको निर्णयको चर्को विरोध भएको छ ।

मुस्लिम समुदायको रमजानको अन्तिम शुक्रवारको दिन चुनावको मिति तोकिएको भन्दै बिरोध भएको हो । नयाँ शक्ति पार्टीका संयोजक पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा लगायतले असार ९ गतेको मिति सच्चाउन माग गरेका हुन् ।



नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि मंगलवार दिउँसो काठमाडौंमा आयोजित कार्यक्रममा रमजानको अन्तिम शुक्रवारका लागि चुनावको मिति सार्ने सरकारको निर्णयमा एमालेको समर्थन नरहेको बताएका थिए ।

‘रमजानको अन्तिम शुक्रवार असार ९ गते दोश्रो चरणको चुनावमिति तोक्नु उचित भएन ! केही दिन अघिपछि पार्न सकिन्थ्यो ! यो त्रुटी तुरून्त सच्याइयोस’ भट्टराइले ट्वीटरमा लेखेका छन् ।



सामाजिक सञ्जालमा पनि चुनावको मिति सारिएकोप्रति बिरोध भएको छ । यसअघि मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले जेठ ३१ गतेका लागि निर्धारित चुनाव असार ९ गते गर्ने निर्णय गरेको थियो । सरकारका एक मन्त्रीले चुनावको मिति फेरि सार्नेवारे कुनै छलफल नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्