१५ असार २०८३, सोमबार

वक्तव्यसँगै बजेटको अख्तियारी, कार्यविधि बनाएर केही दिनमै विनियोजन दिईने

कात्तिक २०, २०७४
वक्तव्यसँगै बजेटको अख्तियारी, कार्यविधि बनाएर केही दिनमै विनियोजन दिईने

काठमाडौं, १७ जेठ –सोमवारको वक्तव्यसँगै बजेटको अख्तियारी पनि प्रदान गरिसकिएको अर्थ मन्त्रालयले प्रश्ट पारेको छ । बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ मन्त्री कृष्णबहादुर महराले सोमवारको बजेट वक्तव्यसँगै बजेटको अख्तियारी पनि प्रदान गरिसकिएको बताए ।

‘बजेट भाषणसँगै सोमवारबाटै बजेटको अख्तियारी दिइएको छ,’ मन्त्री महराले भने, ‘औपचारिकताका लागि १/२ दिनमा पत्रमार्फत सबै निकायलाई बजेटको अख्तियारी थमाईने छ ।’

अर्थमन्त्री महराले नयाँ बजेट नेपालको ऐतिहासिक बजेट भएको दावी गरे । पूर्ण आर्थिक अधिकारसहित स्थानीय तहलाई बजेट विनियोजन गरिएको उनले बताए । संघीय बजेटले अब कार्यक्रम स्वीकृतिका लागि केन्द्रमा धाउनुपर्ने प्रथाको अन्त्य भएको उनले बताए ।

‘स्वतः खर्च गर्ने अख्तियारीको व्यवस्थाले खर्च गर्ने अख्तियारीको अभावमा बजेट कार्यान्वयन हुन नसक्ने व्यवस्थाको अन्त्य भएको छ,’ मन्त्री महराले भने । बजेट कार्यान्वयनका लागि समयवद्व कार्ययोजनाको तयारीमा मन्त्रालय लागेको उनले बताए ।

सरकारले सोमवार कुल १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि स्थानीय तहका लागिमात्र एकमुष्ठ २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्