
कोरोना महामारी फैलिएर गम्भीर स्वास्थ्य संकटमा पर्दै गएको नेपाललाई बेलायतले रेड जोनमा राखेको छ । नेपालमा नयाँ भेरियन्ट फैलिएको बताउँदै सो देशले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी समेत गरेको बीबीसीले जनाएको छ ।
बेलायतले पछिल्लो पटक नेपालसहित, टर्की र माल्दिभ्सलाई रेड जोनमा राखेको छ ।
विदेशी नागरिककाे हकमा बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले बताए ।
Turkey, the Maldives and Nepal have been added to the UK's travel "red list", Transport Secretary Grant Shapps announces
— BBC News (UK) (@BBCNews) May 7, 2021
"Nobody wants to go back into lockdown," he says
https://t.co/7EA6wIa3ES pic.twitter.com/XA5IGOP1cn