२९ जेठ २०८३, शुक्रबार

काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ४२६, ललितपुर र भक्तपुरमा कति ?

बैशाख २५, २०७८
काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ४२६, ललितपुर र भक्तपुरमा कति ?

पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार २७० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३८१ जना र ललितपुरमा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ४२६  छन् ।

निको भएकाको संख्या एक लाख १४ हजार ५८०, मृत्यु भएकाको सङ्ख्या ८२० रहेको छ । भक्तपुरमा तीन हजार ५४० जना सक्रिय सङ्क्रमित छन् भने निको भएकाको सङख्या नौ हजार ९१४ छन् भने १७२ जनाको ज्यान गएको छ ।  ललितपुरमा हाल सक्रिय सङक्रमितको सङ्ख्या पाँच हजार ७१२ रहेका छन् भने निको भएकाको सङ्ख्या १७ हजार ८१३ छन् । यस्तै कोरोनाका कारण २३३ जनाको ज्यान गएको छ ।

यसैगरी आज देशभर थप आठ हजार ४१८ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्