१८ असार २०८३, बिहीबार

कोरोना संक्रमितको शव मापदण्ड विनै अन्त्येष्टि गरेपछि एकैगाउँमा थप २१ जनाको मृत्यु

बैशाख २६, २०७८
कोरोना संक्रमितको शव मापदण्ड विनै अन्त्येष्टि गरेपछि एकैगाउँमा थप २१ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमणको महामारी तीब्र रूपमा फैलिरहेका बेला संक्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि गर्न सरकारले मापदण्ड जारी गरेको छ । कतिपयले मृतक संक्रमितले श्वासप्रश्वास नगर्ने भएकाले शवबाट संक्रमण फैलिने डर नहुने तर्क समेत गर्छन् ।

तर भारतको राजस्थानस्थित सीकर जिल्लाको एक गाउँमा सरकारी मापदण्ड पूरा नगरी संक्रमितको अन्त्येष्टि गरेपछि गाउँमा महामारी फैलिएको छ । महामारीबाट एकैगाउँमा थप २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत २१ अप्रिलमा कोरोना संक्रमितको मृत्यु हुँदा लगभग १५० व्यक्ति अन्तिम संस्कारमा सहभागी भएका थिए । अस्पतालबाट प्लास्टिकमा बेरेर दिएको शवलाई प्लास्टिकबाट बाहिर निकालेर कैयौं व्यक्ति छोएपछि महामारी फैलिएको जनाइएको छ ।

गाउँमा मृत्यु भएका भनिएकामध्ये अधिकांश वृद्धावस्थाका नागरिक रहेका छन् । घटनाको जाँचका लागि १४७ जनाको स्वाब नमूना संकलन गरिएको छ ।

जाँचका नतिजा आएपछि मृत्युको कारण कोरोना हो/होइन भनेर यकिन हुने लक्ष्मणगढका उपविभागीय अधिकारी कुलराज मीणाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्