११ असार २०८३, बिहीबार

तनहुँमा १०० शय्याको आइसोलेसन कक्ष स्थापना

बैशाख २६, २०७८
तनहुँमा १०० शय्याको आइसोलेसन कक्ष स्थापना

कोरोना भाइरसको नयाँ भेरियन्ट शुरू भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन् ।

कोरोना संक्रमितलाई सुरक्षित स्थानमा राखेर उपचार गर्नका लागि तनहुँका अधिकांश पालिकाले व्यवस्थित आइसोलेसन कक्ष स्थापना गरेका हुन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले २ स्थानमा गरी ६५ शय्याको आइसोलेशन कक्ष निर्माण गरेको नगर उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् । नगरपालिका क्षेत्रमा अहिले कोरोना संक्रमितको संख्या न्यून रहेकाले आवश्यक देखिए क्षमता वृद्धि गर्दै जाने योजना रहेको उनले बताइन् ।

ऋषिङ गाउँपालिकाले १०, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाले ५/५ शय्याको आइसोलेसन कक्ष स्थापना गरेको बताएका छन् ।

व्यास नगरपालिका, भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाले आइसोलेशन कक्ष निर्माण गरेका छैनन् । व्यास–१ कराङकाठस्थित क्षत्री समाजको भवनमा ६३ जना क्षमताको क्वारेन्टिन कक्ष निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

नगरपालिकाका १४ वटै वडामा रहेका आमा समूह, सामुदायिक भवन र खाली जग्गामा आइसोलेसन कक्ष निर्माण गर्न नगरपालिकाले निर्देशन गरिसकेको उनले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्