११ असार २०८३, बिहीबार

लुम्बिनीका ६ जिल्लामा पत्रकारले बनाए आईसोलेसन

बैशाख २६, २०७८
लुम्बिनीका ६ जिल्लामा पत्रकारले बनाए आईसोलेसन

नेपालमा कोभिड १९ (कोरोना भाईरस) को दोस्रो लहर प्रभाव बढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरुले अक्सिजन सहितको आईसोलेसन निर्माण गरेका छन् ।

उनीहरुले स्थानिय तह, जिल्ला स्थित संघ संस्था र सहयोगीहरु मार्फत यस्ता आईसोलेसन निमार्ण गरेर संचालनमा ल्याएका छन् । संक्रमणको दर तिब्र रुपमा बढिरहेको र अस्पतालहरू समेत भरिभराउ भएपछि उनीहरुले यस्ता संरचना निमार्ण गरेका हुन् ।  

नेपाल  पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले एक विज्ञप्ती जारी गरि लुम्बिनी प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँचीमा पत्रकार महासंघकै भवनमा आईसोलेसन निमार्ण गरिएको जानकारी दिए ।

अर्घाखाची शाखामा भने अन्य सघ संस्थाको सहकार्यमा संयुक्त रुपमा आईसोलेसन निमार्ण गरिएको हो । दाङ शाखाले निमार्ण गरेको आईसोलेसन ६ वेडको रहेको भने अन्य जिल्ला शाखाले निमार्ण गरेका आईसोलेसन ५ वेडका रहेका छन् ।

जिल्ला जिल्लामा संक्रमितहरुको संख्या बढ्दै गएकोले सम्भव हुने जिल्लामा सरोकारवाला संघ संस्थाको सहयोगमा संरचनाहरु निमार्ण भएको महासंघका प्रदेश अध्यक्ष बसन्त गिरीले बताए । ति आईसोलेसन पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा बनेको भएपनि अन्य सर्वसाधारणहरुलाई उपयोग गर्न सकिने छ ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड १९ को संक्रमणमा अहिले सम्म ३८ जना पत्रकारहरू परेका छन् । उनीहरु मध्ये रुपन्देहीमा सबैभन्दा बढि १४ जना रहेका छन् । जसमा दुई जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने बाँकी पत्रकारहरुले होम आइसोलेसनमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

 यस्तै बाँकेमा  १२ जना संक्रमित रहेका छन् । उनीहरु मध्ये केहिले अक्सिजनको सहायतामा उपचार गरिरहेका छन् । त्यस्तै दाङ जिल्लामा ४ जना पत्रकारहरू संक्रमित भएका छन् । त्यसमा एक जनाको गम्भिर अवस्थामा भैरहवामा उपचार भैरहेको छ ।

त्यस्तै बर्दियामा ४ जना, पाल्पामा २ जना, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना संक्रमित रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्