१० असार २०८३, बुधबार

भारत : कोरोना नियम उल्लंघन गर्नेलाई प्रहरीले दियो सजाय, भिडियो हेर्दा हाँसो लाग्छ

बैशाख २६, २०७८
भारत : कोरोना नियम उल्लंघन गर्नेलाई प्रहरीले दियो सजाय, भिडियो हेर्दा हाँसो लाग्छ

भारतमा कोभिड १९ महामारीको दोस्रो लहरले आक्रान्त पारेको छ । देशभरि लकडाउन लगाइएको छैन तर विभिन्न राज्य सरकार र स्थानीय अधिकारीले भाइरस संक्रमण रोक्नका लागि प्रयास गरिरहेका छन् । 

केही दिनअघि राजस्थानको जोधपुरमा काम नभइकन मोटरसाइकलमा हिँड्नेलाई प्रहरीले कारवाही गरेको रमाइलो भिडियो सार्वजनिक गरेको छ । 

भिडियोमा देखिन्छ, पहिलो प्रयासमा त बाइकल प्रहरीबो नियन्त्रणमा आउँदैन तर दोस्रो प्रयासमा बाइकरलाई समात्न प्रहरी सफल हुन्छ । प्रहरी अधिकारीहरूले उल्लंघनकर्तालाई बाइकबाट ओरालेर एम्बुलेन्सतर्फ घिसार्दै लगेको देखिन्छ । 

प्रहरीले उक्त व्यक्तिलाई एम्बुलेन्समा कोचेको देखिन्छ अनि ऊ भाग्न खोजेको पनि देखिन्छ । एम्बुलेन्सको झ्यालबाट उसले निस्कने कोशिश गरे पनि प्रहरीले रोकेको देखिन्छ । 

कोरोना नियम उल्लंघन गर्नेलाई अधिकारीहरूले सामूहिक क्वारेन्टीन सेटअपतिर लग्ने गरेका छन् । ती व्यक्तिहरूले आरटी–पीसीआर गरेर नेगेटिभ आएपछि मात्र जान दिइने गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्