×

NMB BANK
NIC ASIA

रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

बैशाख २६, २०७८

NTC
Premier Steels

जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो ।

Muktinath Bank

  चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि चैत मसान्तसम्ममा ७० जना महिला,बालबालिका र ज्येष्ठ नागरिक हराएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार हराएकामध्ये २९ जना महिला, एक बालक, नौ बालिका र दुई ज्येष्ठ नागरिक फेला परेका छन् । त्यस्तै, अझै २४  महिला र पाँच बालिका भेटिएको छैन । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको यस सेवा केन्द्र प्रमुख अधिकारीको भनाइ छ ।
 
त्यस्तै गत आर्थिक वर्ष २०७६/२०७७ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा ८६  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ती मध्ये ६४  महिला, १६  बालिका, तीन/तीन  बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ । त्यस्तै,ती  हराएकामध्ये ४२ महिला, १४ बालिका, तीन बालक र दई  ज्येष्ठ नागरिक फेला परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हराएकामध्ये अझै २२  महिला, २ दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७५/२०७६ मा एक सय चार  महिला तथा बालबालिका हराएका थिए । यीमध्ये ७२  महिला, छ बालक, २६ बालिका रहेका छन् । ती मध्ये ५४ महिला, ४ बालक र २२  बालिका फेला परेको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, १८ महिला, दुई बालक र चार बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४/२०७५ मा ८० जना महिला तथा बालबालिका हराएको प्रहरीको तथ्यांकमा रहेको छ । यीमध्ये ५०  महिला, १२  बालक र १८ बालिका रहेका छन् । त्यस्तै, २३  महिला, छ बालक र छ बालिका फेला परेका थिए भने, २७  महिला, छ बालक र १२  बालिका भने भेटिएको छैन । त्यस्तै आर्थिक वर्ष २०७३/२०७४ मा ८०  महिला तथा बालबालिका रहेको थियो । त्यस्तै सो अवधिमा २३ महिला १२ बालक र १८  बालिका रहेका छन् । तीमध्ये  २२ महिला, १२  बालक र छ बालिका फेला परेको प्रहरीको तथ्यांकमा रहेको छ ।

Vianet communication

प्रहरी तथा सम्बन्धित निकायले महिला तथा बालबालिका र ज्येष्ठ नागरिक हराउने संख्या न्यूनिकरण गर्नका लागि विभिन्न रोकथामका प्रयास, संचेतनामूलक कार्यक्रम गरेपनि कमी आउन नसकेको प्रहरीले जनाएको छ । यसका लागि समाजका नागरिक नै शिक्षित भएर सचेतना फैलाउने र आफ्ना परिवारका सदस्य र समाजका आफन्त तथा छिमेकीहरुको रेखदेश राम्रोसँग गर्न सकेमा यसरी हराउने संख्यामा कमी आउने केन्द्रका प्रमुख अधिकारीको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x