०५ साउन २०८३, मंगलबार

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

बैशाख २६, २०७८
खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र प्नि कोभिड रोकथाम अभियानमा अगाडि बढ्न थालेको छ ।

सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडि बढाएको छ ।

सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरुको टोलीले ईटहरीस्थित १ नं. प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई मास्क, स्यानिटाइजर र ग्लोभ्स प्रदान गरेको स्थाई कमिटी सदस्य कार्कीले जानकारी गराए ।

नेकोसका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतले २२५० थान मास्क, १० लिटर स्यानिटाइजर र केहि दर्जन ग्लोभ्स ट्राफिक कार्यालयका प्रमुखलाई प्रदान गरेका हुन् ।

पहिलो चरणमा अहोरात्र सडकमा खटिदै प्रत्यक्ष जनसम्पर्कमा रहने भएकाले कोभिड संक्रमणको अग्रस्थानमा रहेका ट्राफिकहरूको लागि यो स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । 'हामी कोभिड संक्रमण रोक्नका लागि क्रमशः अन्य क्षेत्रमा पनि सहयोग गर्दै जानेछौं,' स्थाई कमिटी सदस्य कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्