०९ असार २०८३, मंगलबार

आइसियुमा ८३२ र भेन्टिलेरमा २६७ संक्रमित

बैशाख २६, २०७८
आइसियुमा ८३२ र भेन्टिलेरमा २६७ संक्रमित

नेपालमा कोरोना सङ्क्रमितमध्ये ८३२ सघन उपचार कक्ष (आइसियु) र २६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
 प्रदेश नंं १ मा ११३, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ४४३, गण्डकी ६१, लुम्बिनी ८६, कर्णाली ३३ र सूदुरपश्चिम ३६ आइसियुमा रहेका छन् । यस्तै प्रदेश नंं १ मा १७, प्रदेश नं २ मा ३७, वाग्मती प्रदेशमा १५७, गण्डकी १३, लुम्बिनी २१, कर्णाली ११ र सूदुरपश्चिम ११ भेन्टिलेटर रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५०  सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको जानकारी दिए । नेपालमा कुल तीन लाख ९४ हजार ६६७  सङ्क्रमित रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्