१० असार २०८३, बुधबार

सहमतीय सरकारको प्रयास असफल, सर्वदलीय बैठक आज

कात्तिक २०, २०७४
सहमतीय सरकारको प्रयास असफल, सर्वदलीय बैठक आज


काठमाडौंँ, १७ जेठ- राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको लागि बुधबार सर्वदलीय बैठक बोलाएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि राष्ट्रपतिबाट सहमतीय सरकार बनाउन आह्वान भएको सात दिने समय सीमा बुधबार सकिँदैछ ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘सहमतीय सरकार गठनका लागि पुनः आग्रह गर्न राष्ट्रपतिले बुधबार बिहान साढे नौ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । ’
यसैबीच, नेपाली काँग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्न मङ्गलबारको प्रयास सफल हुन सकेन । राष्ट्रपतिले गरेको आह्वानअनुसार संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले मङ्गलबार बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादीलगायत प्रायः सबै साना दलका सहभागिता रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नभएपछि सहमतीय सरकारको प्रयास सफल नभएको हो, गोरखापत्रमा खबर छ  ।
प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी थिइन् । सात दिनको म्याद बुधबार राति सकिँदैछ । तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संविधानको धारा २९८ को उपधारा (३) अनुसार व्यवस्थापिका संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था संविधानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्