३१ जेठ २०८३, आइतबार

बङ्गालबाट आयो मनसुनी वायु, नेपालमा प्रभाव नपर्ने

कात्तिक २०, २०७४
बङ्गालबाट आयो मनसुनी वायु, नेपालमा प्रभाव नपर्ने
काठमाडौँ, १७ जेठ - नेपालमा प्रि मनसुन अवधि सकिनै लाग्दा बङ्गालको खाडीबाट मनसुनी वायु चक्रबात उड्न सुरु गरेको छ । यो मनसुनी वायुको सुरुको दिशा नेपालतर्फ डोरिए पनि पछिल्लो चरणमा बङ्गलादेशको आकाशमा रुमलिएकाले यसको प्रभाव नेपालसम्म खासै नपर्ने मौसमविद्ले दाबी गरेका छन् ।Weather-Blog-Image
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट ‘मोरा’ नामको मनसुनी चक्रबात उडेर बङ्गलादेशका आकाशमा टम्म भरिएको छ । जसको केही प्रभावले नेपालको पूर्वी भागमा मङ्गलबार वर्षा भएको छ ।
उहाँले भन्नुभयो, ‘बङ्गलादेशबाट उठेको चक्रबात उत्तर पूर्वी भेग हुँदै बहने देखिएको छ । यसले नेपालमा खासै असर नगरे पनि पूर्वी भेगमा केही दिन सामान्य बदली हुने सम्भावना रहेको छ । ’ मनसुन सुरु हुन अझै एक हप्ता बाँकी रहेको बेला बङ्गालको खाडीबाट पहिलो पटक मनसुनी वायु उठान भएकाले यस वर्ष जुन १० को आसपासमा मनसुन नेपाल प्रवेश गर्ने उहाँले बताउनुभयो, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्