१० असार २०८३, बुधबार

शीशाको पुलमा अचानक हावाहुण्डरी आएपछि पर्यटकको बिजोक (भिडियो)

बैशाख २७, २०७८
शीशाको पुलमा अचानक हावाहुण्डरी आएपछि पर्यटकको बिजोक (भिडियो)

चीनको लोङजिङ शहरमा रहेको ३३० फीट अग्लो शीशाको पुलमा हावाहुण्डरी आएर प्यानलहरू ध्वस्त भएपछि एक पर्यटक ज्यान जोगाउन रेलिङमा टाँसिएका छन् । 
 

शीशाको सतह भएको उक्त पुल पियान पहाडमा बनेको रिजोर्टमा छ । 

शुक्रवार आएको हावाहुण्डरीका कारण शीशाका प्यानलहरू झरेपछि उक्त व्यक्ति आत्तिएर रेलिङ समातेर बसेको देखिन्छ । 

ती व्यक्ति पुलमा केही समयका लागि अड्केका थिए । 

उनलाई अग्निनियन्त्रक, प्रहरी, वन विभाग तथा पर्यटन क्षेत्रका कर्मचारीले सुरक्षित स्थानतिर डोहोर्‍याएका थिए । 

पछि उनलाई अस्पताल लगियो । त्यहाँ उनलाई मनोपरामर्श दिइएको छ । 

उक्त घटनापछि केही समयका लागि रिजोर्ट बन्द गरिएको छ ।

चीनका पहाडमा बनाइएका रिजोर्टहरूमा पर्यटकको आकर्षणका लागि शीशाको भुइँ भएका पुलहरू राखिएका छन् । 

सामान्य अवस्थामा त्यो पुल यस्तो देखिन्छ :

salt training

कमेन्ट गर्नुहोस्