०९ असार २०८३, मंगलबार
संवैधानिक परिषद् बैठक

लोक सेवा अध्यक्षमा रेग्मी, अख्तियार आयुक्तमा पौडेल र श्रेष्ठ, अन्य आयोगमा को–को भए सिफारिस ? [सूचीसहित]

बैशाख २७, २०७८
लोक सेवा अध्यक्षमा रेग्मी, अख्तियार आयुक्तमा पौडेल र श्रेष्ठ, अन्य आयोगमा को–को भए सिफारिस ? [सूचीसहित]

संवैधानिक परिषदको बैठकले लोक सेवा आयोग लगायतका विभिन्न आयोगहरूमा रिक्त पदका लागि नियुक्तिको सिफारिस गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहभागी भएको आइतवारको संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक पदहरूमा नियुक्तिको सिफारिस गरेको हो ।

बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदमा बागलुङका डाक्टर हरि पौडेल र ललितपुरकी डाक्टर सुमित्रा श्रेष्ठ ब्याञ्जुलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

यस्तै लोक सेवा आयोगको अध्यक्षमा सरकारका पूर्वसचिव माधवप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ ।

परिषद्को बैठकले आयोगको सदस्यहरूमा कपिलवस्तुका माधव वेल्वासे, इलामका वीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीकी मञ्जु कुमारीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा रूपन्देहीका सगुन शम्शेर जवरालाई नियुक्त गर्ने सिफारिस गरेको छ ।परिषद्ले राष्ट्रिय महिला आयोगको रिक्त सदस्य पदमा धनुषाकी जया घिमिरे र पर्वतकी सावित्राकुमारी शर्मा तिवारीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

आदिवासी जनजाति आयोगको सदस्यमा खोटाङका सूर्यबहादुर गुरूङ नियुक्ति सिफारिस गरेको छ । यस्तै मधेशी आयोग सदस्यमा सप्तरीकी आभा कुमारीलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

यस्तै राष्ट्रिय दलित आयोगको रिक्त सदस्य पदमा काठमाडौंका सुन्दर पुर्कुटी सिफारिस भएका छन् ।

यस्तै राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पदमा कास्कीका डाक्टर रामकृष्ण तिमिल्सिना र सदस्यहरूमा पर्वतका पुष्पराज तिमिल्सिना र बझाङका मानप्रसाद खत्रीलाई नियुक्ति गर्न सिफारिस भएका छन् ।

यस्तै प्राकृतिक स्रोत तथा वृत्त आयोग सदस्यमा पाँचथरका विपिनराज निरौला, धनुषाकी सुधाकुमारी झालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

बैठकले थारू आयोग सदस्यमा नवलपरासीका डाक्टर उमाशंकर चौधरी र मुश्लिम आयोग सदस्यमा सर्लाहीका मोहम्मद समसुल हगलाई नियुक्त गर्न सिफारिस गरेको परिषद्ले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्