२३ असार २०८३, मंगलबार

अब नेपाली विद्यार्थीलाई अष्ट्रेलिया सजिलो

कात्तिक २०, २०७४
अब नेपाली विद्यार्थीलाई अष्ट्रेलिया सजिलो

काठमाडौं, १७ जेठ—नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जान चाहने विद्यार्थीलाई केहि सहज हुने भएको छ।nepali page
अष्ट्रेलियाबाटै त्यहाँको जीवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्था साथै कसरी अष्ट्रेलिया प्रोसेस गर्ने आदी विषयमा जानकारी दिन सिड्नीमा रहेका केही युवाले पोर्टल नै सुरू गरे पछि अष्ट्रेलिया जान चाहनेका लागि सुसूचित हुन सजिलो हुने भएको हो।

नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलिया पुगिसकेका नेपालीहरूलाई त्यहाँको जीवन शैली तथा पढाई र भविष्यको बसाईंका बारेमा जानकारी दिने हिसाबले नेपालीपेजडटकम वेब पोर्टल सुरू गरिएको छ।
वेब पोर्टलले नेपाली तथा अंग्रेजी भाषामा नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलियामा रहेका नेपालीहरूलाई अष्ट्रेलिया र त्यहाँको अवसर बारे सूचित गर्ने वेब पोर्टल संचालक तथा प्रोग्रामर मदनमणि अधिकारीले बताए।
‘हामीले एक वर्ष देखी अष्ट्रेलियाको नेपाली उपस्थिती, विद्यार्थीका समस्या अध्ययन गरेर यसको प्राविधिक तथा सामग्री योजनाबद्ध ढंगले विकास गरेका छौं’ अधिकारीले भने।

वेब पोर्टलकी म्यानेजिङ एडिटर संगिता घिमीरेले आफूहरूले विशेष गरेर अष्ट्रेलियामा कस्तो कलेज एवम् कोर्ष पढ्ने, कसरी सस्तो शुल्क भएको कोर्ष तथा कलेज, युनिभर्सिटी छान्ने, कुन शहरमा बस्दा सस्तो सजिलो हुन्छ, कसरी पीआरको प्रक्रिया अपनाउने देखी अष्ट्रेलियामा घर किन्ने सम्मको जानकारी प्रकृयागत रूपमा प्रस्तुत गर्दै जाने बताईन्।
उनका अनुसार यसले नेपालबाट पीआर लिएर तथा विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहनेहरूका लागी अष्ट्रेलियाको रोजगारको बजार, सामयिक कोर्ष तथा अष्ट्रेलिया पुगेपछी काम तथा बसोबासको अवस्था बारे जानकारी लिन मद्दत गर्नेछ।

पोर्टलका डिजीटल पब्लिसिङ म्यानेजर प्रमेश श्रेष्ठले नेपालीपेजले अष्ट्रेलिया र नेपालमा रहेका नेपालीलाई गुणस्तरिय डिजिटल कन्टेन्ट नेपाली र अंग्रेजी भाषामा उपलब्ध गराउने र त्यसबाट दुवै देशमा रहेका नेपाली साथै विश्वभरका नेपाली लाभान्वित हुने बताए।

salt training

कमेन्ट गर्नुहोस्