१६ असार २०८३, मंगलबार

स्थानीय चुनावको मिति फेरि सर्‍यो, असार १४ गते गर्ने निर्णय

कात्तिक २०, २०७४
स्थानीय चुनावको मिति फेरि सर्‍यो,  असार १४ गते गर्ने निर्णय

काठमाडौं, १७ जेठ–सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति पुनः सारेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले असार १४ गतेका लागि चुनावको मिति सारेको हो ।

जेठ ३१ गतेका लागि गर्ने भनिएको स्थानीय चुनावको मिति सारेर ९ गते पुर्याइएको थियो । उक्त दिन मुस्लीम धर्मावलम्बीहरुको महान पर्व रमझान पर्ने भन्दै चुनाव ५ दिन सारिएको हो ।

गृहमन्त्री बिमलेन्द्र निधिको प्रस्तावमा दोस्रो चरणको चुनावको मिति सार्ने निर्णय गरिएको बिज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले लोकान्तरलाई बताए ।

सरकारको निर्णयसँगै अब प्रदेश नम्बर १, २, ५ र ७ मा असार १४ गते चुनाव हुने छ । प्रदेश नम्बर ३, ४ र ६ मा भने पहिलो चरण अन्तर्गत वैशाख ३१ गते चुनाव सम्पन्न भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्