०४ असार २०८३, बिहीबार

कैलालीमा निषेधाज्ञा १ हप्ता थप

बैशाख २८, २०७८
कैलालीमा निषेधाज्ञा १ हप्ता थप

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण तीव्ररूपमा बढेपछि कैलालीमा थप १ हप्ता निषेधाज्ञा लम्ब्याइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीेले जानकारी दिए ।

यसअघि वैशाख १६ देखि २२ गतेसम्म र २३ गतेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।

अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा हाललाई पूर्ण रूपमा स्थगन गरी अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालयबाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत कर्मचारी तथा सवारीसाधन प्रयोग गरी कार्यालयको आन्तरिक व्यवस्थापन गर्नुपर्नेछ ।

जिल्लामा बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गरिने भएको छ । स्वास्थ्य सेवा, डेरी, तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल/व्यवसाय बाहेक अन्य पसल/ व्यवसाय सञ्चालन गर्न पाइने छैन । 

तरकारी, फलफूल, तथा खाद्यवस्तुका पसल मंगलवार, बिहीवार र शनिवार बिहान ९ बजेसम्म जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ ।

salt training

कमेन्ट गर्नुहोस्