०८ असार २०८३, सोमबार

एक लाख नर्स सङ्क्रमित, १२० को मृत्यु

बैशाख २८, २०७८
एक लाख नर्स सङ्क्रमित, १२० को मृत्यु

इरानमा सन् २०२० को फेब्रुअरीपछि कोभिड–१९ सङ्क्रमिणका कारण एक लाखभन्दा बढी नर्स सङ्क्रमित भएको इरानको नर्सिङ संगठनले मंगलबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । सङ्क्रमित नर्समध्ये १२० जनाको यो अवधिमा मृत्यु भएको पनि उक्त तथ्याङ्कमा उल्लेख छ । 

इरानमा कोभिड–१९ को महामारी पत्ता लागेपछि नर्सहरूले गरेको सेवाको संगठनका प्रमुख मोहम्मद मिर्जाबेगीले प्रशंसा गर्दै भने, “विश्वव्यापी महामारीका समय नर्सहरूले दिएको सेवाका कारण हजारौँ मानिसको जीवन सुरक्षित बनेको छ । बिरामीहरूको हेरचाह गर्न नर्सहरूले त्याग नगरी मुलुकमा संकटलाई नियन्त्रण गर्न नसकिने थियो । सङ्कटका समय नर्सहरूबाट पु¥याएको योगदानको राष्ट्रले उच्च कदर गर्नुपर्नेछ ।”  

salt training

कमेन्ट गर्नुहोस्