१५ असार २०८३, सोमबार

डा. बाबुराम भट्टराईको प्रस्ताव : सबै दलको राष्ट्रिय सरकार बनाऔं, १ वर्षभित्र चुनाव गरौं

बैशाख २९, २०७८
डा. बाबुराम भट्टराईको प्रस्ताव : सबै दलको राष्ट्रिय सरकार बनाऔं, १ वर्षभित्र चुनाव गरौं

जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भइसकेका बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले १ वर्षभित्र चुनाव गर्ने गरी सहमतिको सरकार बनाउनुपर्ने धारणा राखे ।

उनले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं: १. धारा७६(२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २. दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति, ३. साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ.) लागू ४. १ वर्षभित्र चुनाव !’

salt training

कमेन्ट गर्नुहोस्