१५ असार २०८३, सोमबार

निषेधाज्ञामा थप कडाइ गरिने

बैशाख २९, २०७८
निषेधाज्ञामा थप कडाइ गरिने

 काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजेसम्म थप भएको छ भने थप कडाइ गरिनेछ । 

जसअनुसार निर्माण सामग्री दिउँसोमा ल्याउन नपाइने निर्णय भएको छ भने विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ । 

विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा  बढी सहभागी हुन नपाइने निर्णय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्