०९ असार २०८३, मंगलबार

पोखराका सञ्चारकर्मी पौडेलको निधन

बैशाख ३०, २०७८
पोखराका सञ्चारकर्मी पौडेलको निधन

पोखराका कुशल संचारकर्मी गणेश पौडेलको निधन भएको छ ।

गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

उनलाई गत वैशाख २० मा कोरोना पुष्टि भएको थियो । 

४२ वर्षीय पौडेलमा कोभिडबाहेक अरु समस्या नरहेको अस्पतालले जनाएको छ ।

पोखरा–३३ भरतपोखरी निवासी पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्