×

NMB BANK
NIC ASIA

कोरोना कहरकी सारथि

कोरोना संकटका बेला सडकमा असहायकी सहारा रसना [भिडियो रिपोर्ट]

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड- १९) संक्रमणको दोस्रो लहर फैलिएपछि दुई सातादेखि राजधानी काठमाडौंमा निषेधाज्ञा छ ।

Sagarmatha Cement
Muktinath Bank

निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरूको गाँस नै खोसिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैयन नागरिक बिहान-बेलुका हातमुख जोर्न नपाएर ब्याकुल छन् । सडकमा पुग्दा यस्ता बेसहाराहरूको ताँती देख्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

निषेधाज्ञाको समयमा वसन्तपुर पुग्दा एक महिला त्यहाँ भेला भएका असहायहरूलाई खाना खुवाउँदै थिइन् ।

Vianet communication
Laxmi Bank

नजिक पुगेर हामीले उनीबारे जिज्ञासा राख्यौं । नाम रहेछ, रसना पौडेल ।

कोभिड- १९ को अघिल्लो लहरमा लकडाउनका बेला यसैगरी खाना खुवाएको बताउने पौडेल अहिले पनि निषेधाज्ञा लागू भएदेखि नै यही काममा सक्रिय रहेछिन् ।

उनलाई देख्नेबित्तिकै को आउला र खाना देला भनेर पर्खिरहेकाहरू लामबद्ध भए ।

लामबद्ध हुनेहरू प्राय: सडकपेटीमा जीविकोपार्जन गर्नेहरू नै थिए । यो दृश्य देख्दा प्रधानमन्त्रीले सडकमा अब कोही भोका छैनन् भनेको याद आयो ।

संकटका बेला सरकारको साथ नपाएका असहाय गरीबहरू यस्तै मनकारीहरूका कारण जेनतेन पेट पालिरहेका छन् ।

उनले काठमाडौंमा बेघरबार भएर यत्तिकै हिँडेका मान्छेदेखि भारी बोक्ने र रिक्सा चलाएर गुजारा गर्नेसम्मलाई खाना खुवाएकी छिन्।

काठमाडौंको न्युरोड र वसन्तपुर दरबार क्षेत्रका कामविहीन श्रमिकहरूलाई खाना खुवाउँदै आएको उनले बताइन् ।

त्यसक्रममा खाना खान पुगेका केही व्यक्तिसँग पनि हामीले कुराकानी गर्‍यौं ।

देशमा कोही भोको छैन । सडकमानव कोही पनि छैनन्, देश भिखारीमुक्त भइसकेको छ भन्ने भाषणहरूले यी दृश्यले गिज्याइरहेका छन् । यस्ता असहायहरूमा सरकारको ध्यान कहिले जाला खै  ?

हेर्नुहोस्, भिडियो रिपोर्ट :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x