×

NMB BANK
NIC ASIA

महन्थ पक्षीय १९ सांसद रिसोर्टमा भेला, यी हुन् छलफलका एजेन्डा

बैशाख ३०, २०७८

NTC
Premier Steels

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षका १९ सांसद भक्तपुरको एक रिसोर्टमा भेला भएका छन् ।

Muktinath Bank

भेलामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भएको नेपालको संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकार बनाउने विषयमा छलफल भइरहेको सांसद चन्दा चौधरीले जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रपतिले आह्वान गरेअनुसारै गठबन्धन सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने वा तटस्थ बस्ने भन्नेबारे छलफल भइरहेको छ, सांसद चौधरीले भनिन् ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले नेकपा एमालेभित्र असन्तुष्ट रहेका माधवकुमार नेपाल पक्षलाई सहमतिमा ल्याइसकेपछि धारा ७६(२) अनुसारको सरकार बन्ने सम्भावना देखिएको छ । नेकपा एमालेका सबै १२१ सांसद र महन्थ पक्षीय १९ सांसद जोड्दा आवश्यक बहुमत पुग्ने देखिएको छ ।

Vianet communication

पार्टीले निर्णय लिनुअघि जसपा अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका स्रोतले जनाएको छ । बालुवाटारमा सकारात्मक वार्ता भएमा जसपाका बहुमत सांसदको बैठकबाट ओलीलाई नै समर्थन गर्ने निर्णय हुने स्रोतले जनाएको छ ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन विपक्षी गठबन्धनले प्रयास गरेपनि आवश्यक बहुमत नपुग्ने निष्कर्ष निकालिसकेका छन् । नेपाली कांग्रेसको पदाधिकारी बैठक र नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बहुमत नपुग्ने निष्कर्ष निकालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x