२२ जेठ २०८३, शुक्रबार

केपी ओलीको ह्याट्रिक, तेस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता

बैशाख ३०, २०७८
केपी ओलीको ह्याट्रिक, तेस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता बिहीवार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।
ओली तेस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट नेता बनेका छन् । यसअघि २०७२ असोज २५ गते पहिलो पटक ओली प्रधानमन्त्री बनेका थिए । २०७३ साउन १९ गते उनी पदमुक्त भएका थिए । २०७४ फागुन ३ गते ओली दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत गुमाएर पदमुक्त भएका थिए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०६५ र २०७३ मा गरी दुइपटक प्रधानमन्त्री बनेका छन् । २०५१ सालमा मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए । त्यसपछि प्रचण्ड दोस्रो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए । 

प्रचण्डपछि माधव नेपाल, नेपालपछि झलनाथ खनाल र खनालपछि डा बाबुराम भट्टराई कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्