०६ असार २०८३, शनिबार

हरेक महिला चाहन्छन्, आफ्नो पुरुषले पनि यस्तो गरोस्

कात्तिक २०, २०७४
हरेक महिला चाहन्छन्, आफ्नो पुरुषले पनि यस्तो गरोस्

आधुनिक दाम्पत्य जीवन विभिन्न प्रकारका परिवर्तन तथा कठिनाइहरुले भरिएको हुन्छ । पुराना परम्पराहरुलाई त्यागेर नवजीवनतर्फ अग्रसर भइरहेको दाम्पत्य जीवन एक विचित्र पकारको भ्रान्तीसँग जुझिरहेको छ । जहाँ पति तथा पत्नीले एक अर्कालाई प्रसन्न राख्न सकिरहेका छैनन् । परस्पर प्रेमलाई कसरी बढाउने भनेर पति तथा पत्नीहरुमा अन्यौलता छ ।

आधुनिक उपकरण तथा जीवन शैलीले केही हदसम्म जीवनलाई सरल बनाइदिएको छ । तर आपसी प्रेम, समझदारी तथा समर्पणलाई बढाउन अधुनिक साधन कहिल्यै पनि लाभदायक हुन सक्दैनन् ।

त्यसोभए पति पत्नीबीचको सम्बन्धलाई प्रगाढ बनाउन के गर्न सकिन्छ ? के गरेर दाम्पत्य जीवन सफल हुन सक्ला ? पक्कै पनि एकदोस्रोको आवश्यकतालाई बुझेर त्यहीअनुसारको व्यवहार प्रदर्शन गर्न सकियो भने दाम्पत्य जीवन सुखमय हुन सक्छ ।

यस आलेखमा पत्नीले आफ्नो पतिसँग राख्ने अपेक्षाहरु उल्लेख गरिएका छन् । पति पत्नीका यी आकांक्षाहरुलाई बुझेर त्यहीअनुसारको व्यवहार प्रदर्शन गर्न सक्ने हो भने दाम्पत्य जीवन सुखमय हुन सक्छ ।

प्रसंशा गर्नुहोस्

के कहिल्यै नोटिस गर्नुभएको छ, तपाईकी पत्नी मेकअप गरेर या नयाँ लुगा लगाएर पटक पटक ऐनामा हेर्ने गर्छिन ? यदी त्यसो हो भने उनको चाहना हुन्छ कि तपाई उनको प्रसंशा गर्नुहोस् । उनले गरेको मेकअप तथा लगाएका लुगाहरु राम्रो नदेखिए पनि सकरात्मक प्रतिक्रिया दिनुहोस् । यदि त्यसो गर्नुभएन भने उनको चित्त दुख्छ ।

केयर गर्नुहोस्

पत्नी बिमारी भएको बेला के तपाई उनको सामुन्ने बसेर हालचाल सोध्ने गर्नुहुन्छ ? के तपाईले कहिल्यै चिया बनाएर आफ्नी पत्नीलाई खुवाउनुभएको छ ? सायद छैन ! धेरैजसो पुरुषहरु यस मामलामा लापरवाह हुन्छन् । उनीहरु जान्दैनन् की उनकी अर्धाङ्गिनी यही चाहन्छिन् ।
पतिको केयरिंग नेचर पत्नीलाई धेरै राम्रो लाग्छ । पतिको सानो सानो पहलले पनि पत्नीहरुलाई धेरै खुसी बनाउँछ । यदि तपाई पनि आफ्नी पत्नीलाई खुसी देख्न चाहनुहुन्छ भने उनलाई केयर गर्नुहोस् ।

विगत जान्ने इच्छा

तपाई मान्नुहोस् या नमान्नुहोस् हरेक पत्नी आफ्नो पतिसँग जोडिएको हरेक कुराहरु जान्न चाहन्छिन्, चाहे त्यो वर्तमानसँग जोडिएको होस् या विगतसँग । यदि कहिल्यै पतिले मजाकमै भएपनि आफ्नी एक्स गर्लफ्रेण्ड बारे बताइदिए भने पत्नीहरु सबैकुरा जान्न लालायित हुन्छन् । यस्तो अवस्थामा पतिले पत्नीसँग केही कुरा पनि लुकाउन राम्रो हुँदैन । यदि पत्नी तपाईसँग जोडिएको केही कुरा जान्न चाहन्छिन् भने बिना हिच्किचाहट उनलाई सबैकुरा बताइदिनुहोस् ।

रोमान्सको चाहना

भान्सामा काम गरिरहेका बेला पछाडिबाट आएर अंगालोमा बेर्नु, सबैको सामुन्नेमा पनि आँखाको इशारामा कुरा गर्नु जस्ता रोमान्टिक कुराहरु विहेको केही वर्षपछि हराउँदै जान्छन् । तर पत्नीहरु यस्ता पलहरुलाई निरन्तरता दिन चाहान्छन् । उनी चाहन्छिन कि आफ्नो श्रीमान विहेको सुरुवाती दिनजस्तै सधैं रामान्टिक बनी रहुन ।

सम्भोगको चाहना

सेक्स (सम्भोग)को मामलामा महिलाहरु अहिले पनि खुला हुन सकेका छैनन् । पत्नीहरु आफ्नो सेक्सको चाहना कहिल्यै जाहेर गर्दैनन् । उनीहरु चाहन्छन् की पार्टनरले नै त्यसको पलह गरुन । कतिपय अवस्थामा संकोचवस उनीहरु आफ्नो मनको कुरा पार्टनरसँग सेयर गर्न पाउँदैनन् । यस्तोमा तपाईले उनको चाहना बुझनु जरुरी हुन्छ ।

स्पेशल महशुष गराउने

तपाईले अक्सर फिल्महरुमा देख्नुभएको होला, हिरोले हिरोइनका लागि कारको ढोका खोलिदिन्छन् । घरमा हुँदा उनका लागि कुर्सी ल्याइदिएस बस्न दिन्छ । हिरोले यस्तो गर्दा हिरोइनलाई स्पेशल महशुष हुन्छ ।

तपाईकी पत्नी पनि चाहन्छिन् कि तपाईले उनलाई स्पेशल महशुष गराउनुहोस् । सधैं यस्तो गर्नु जरुरी छैन । तर छुट्टीको दिन या जब पनि समय मिल्छ , पत्नीका लागि केही स्पेशल गर्नुहोस् । मिठो परिकार बनाएर खुवाउनुहोस्, सरप्राइज गिफ्ट दिनुहोस् यसले तपाईको पत्नीमा तपाईप्रति विशेष सम्मानको भावना विकास हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्