१५ असार २०८३, सोमबार

भारतमा लाश जलाउने ठाउँ नपुगेपछि बालुवामा पुरियो, कुकुरले आएर लुछे

बैशाख ३१, २०७८
भारतमा लाश जलाउने ठाउँ नपुगेपछि बालुवामा पुरियो, कुकुरले आएर लुछे

भारतको उत्तर प्रदेशमा गंगाको किनारमा लाशहरू गाडिएको छ । 

विगत केही हप्तामा अत्यधिक मृत्यु भएकाले विभिन्न गाउँका मानिसले मृत शरीरको दाहसंस्कार समेत गर्न सकेका छैनन् । 

त्यसपछि धेरै लाशहरू गंगा किनारको बालुवामा गाडिए । गहिरो खाल्डो नबनाइकन गाडिएका लाशलाई कुकुरहरूले लुछेका छन् ।

उन्नाव र फतेहपुर जिल्लाका अधिकारीहरूले शवहरू हटाएर त्यहाँ बालुवा राखेका छन् । 

ती दुई जिल्लामा एक महिनाको अवधिमा धेरैजनालाई ज्वरो र सास फेर्न अप्ठ्यारो भएर मृत्यु भएको छ । गंगा किनारमा दाहसंस्कारका लागि बनाइएका घाटमा लामो समय लाग्ने भएपछि बक्सर घाटबाट केही पर बालुवामा मृत शरीर गाडिएको हो । 

माथिबाट अलिकति बालुवा राखेर छोपछाप गरिएका लाशका अंग कुकुरहरूले लुछेका छन् । कुकुरहरूले लुछेका अंग लिएर गाउँ गएको देखिन्छ । 
 

पहिलापहिला दिनको १० वटा जति लाश जलाइने गरेकोमा आजकल १५० वटा शव जलाउन परेको छ । वरपरको ठूलै क्षेत्रमा पीपीई किट र मास्कहरू थुप्रिएका छन् । 
 

कानपुरको बिल्हौर तहसीलको खेरेश्वर घाट नजिकको बालुवामा पनि धेरै लाश गाडिएका छन् । 

उक्त क्षेत्रका मानिसले यस विषयमा केही कुरा गर्न मानेका छैनन् । अधिकारीहरूले घटनाको जाँचबुझ गर्ने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्