
वैकल्पिक सरकार निर्माणका लागि कसरत गरेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरू बीच छलफल चलिरहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रवार तीन दलका नेताहरूबीच छलफल भएको हो ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जसपा अध्यक्ष यादव सहितका नेताहरू सहभागि छन् ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार वैकल्पिक सरकार गठनको गृहकार्य गरेका तीन दलले सरकार बन्न नसकेपछिको परिस्थितीबारे छलफल गरेका हुन् ।
तीन दलबीच संसदभित्र सहकार्य गरेर अघि बढ्नेबारे छलफल चलिरहेको माओवादीका एक नेताले जानकारी दिए ।