स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक बाहेकको अवस्थामा उद्योगबाट अस्पतालहरूमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराउन अक्सिजन उत्पादक उद्योगहरूलाई निर्देशन दिएको छ ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आकस्मिक अवस्थामा भने मन्त्रालयको उच्च स्तरीय टोलीको निर्णय र निर्देशनअनुसार स्थानीय प्रशासनहरूसँग सहकार्य गर्न निर्देशन दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, महामारीको यो कठिन अवस्थामा अक्सिजन व्यवस्थापनलाई सहज बनाउनका लागि हाललाई अर्को व्यवस्था नभएसम्म उद्योगबाट अस्पतालहरूमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराईदिनुहुन तथा आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्च स्तरीय टोलिहरूको निर्णय र निर्देशानुसार स्थानीय प्रशासनहरूसँग सहकार्य र सरोकारवाला अन्य निकायहरूको समन्वय गराइदिनुहुन अनुरोध छ ।'
