०७ असार २०८३, आइतबार

‘चुनाव विथोल्न’ राजपाले घोषणा गरेको आमहड्ताल तत्काललाई स्थगित

कात्तिक २०, २०७४
‘चुनाव विथोल्न’ राजपाले घोषणा गरेको आमहड्ताल तत्काललाई स्थगित

काठमाडौं १७ जेठ– राष्ट्रिय जनता पार्टी (राजपा)ले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिनलाई लक्षित गरेर आह्वान गरेको आम हड्तालको कार्यक्रम तत्कालकालागि स्थगन गरेको छ ।

राजपाका महासचिव मनिषकुमार सुमनले उम्मेदवार मनोनयनकालागि लक्षित हड्तालको कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताए ।

‘उम्मेदवारी मनोनयन कार्यक्रम अबरुद्ध गर्न आमहड्ताल आह्वान गरेका थियौं, चुनावको मिति नै सरेपछि डड्ताल स्थगन गरिएको हो’ सुमनले लोकान्तरसँग भने, ‘आन्दोलनका कार्यक्रम परिमार्जनका लागि संघीय गठबन्धनको बैठक बस्दैछ ।’

सरकारले निर्वाचनको मिति पर सारेपनि राजपाले यथास्थितीमा चुनावमा भाग नलिने स्पष्ट गरेको छ । ‘चुनावको मिति मात्र सारएिको छ, यथास्थितीमा हामी कसरी चुनावमा भाल लिन्छौ ?’ सुमनले थपे, ‘चुनाव विथोल्ने हो, हामी भाग लिदैनौ ।’ संघीय गठबन्धनको बैठक अपरान्ह ४ बजे काठमाडौंमा बस्दैछ ।

कमेन्ट गर्नुहोस्