१५ असार २०८३, सोमबार

भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

बैशाख ३१, २०७८
भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

 भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ । 

मुलुकभरी कोभिड–१९ बाट दैनिक थप सङ्क्रमित हुनेको सङ्ख्या शुक्रबार तेस्रो दिन पनि सङ्क्रमित सङ्ख्याभन्दा बढी देखिएको हो । शुक्रबार तीन करोड ४४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

विगत चारयता सङ्क्रमितको सङ्ख्या लगातार निको हुनेकोभन्दा कम आउनुले सङ्क्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन् । दश राज्यमा निको हुनेको सङ्ख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ । 

भारतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कमी हो ।

salt training

कमेन्ट गर्नुहोस्