डाक्टरले ‘भगवान् बचाउन सक्छन्’ भनेपछि मन्दिरको शरणमा पुगे कोरोना संक्रमितका छोरा !

कोरोना भाइरस संक्रमणको महामारीले यति भयानक रूप लिइसकेको छ कि अस्पताल, चिकित्सक, धनदौलत केहीले पनि काम गरिरहेको छ । कोरोना बढ्दै गएपछि संक्रमितले ज्यान गुमाउनुपरिरहेको छ ।

भारतको मध्यप्रदेशको ग्वालियरमा कोरोना संक्रमित बुवालाई बचाउन छोरा अचलेश्वर महादेवको मन्दिरको शरणमा पुगेका छन् । बुवाको उपचारमा संलग्न चिकित्सकले ‘अब भगवान् मात्रै बचाउन सक्छन्’ भनेपछि बिरामीको छोरा मन्दिरको शरणमा पुगेका हुन् ।


Advertisement

ग्वालियरको जनक अस्पतालमा उपचाररत ५१ वर्षीय रामकुमार शर्माको शरीरमा ७५% संक्रमण फैलिएकाले डाक्टरले उपचार सम्भव नभएको जानकारी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि बिरामी रामकुमारका छोरा शिवम् बुवालाई निको हुने विश्वासका साथ मन्दिरको शरणमा पुगेका छन् ।

बुवाको उपचारमा लाखौं रुपैयाँ खर्च गर्दागर्दै पनि डाक्टरले भगवान्ले बचाउन सक्ने बताएकाले उनी मन्दिरमा दण्डवत परिक्रमा गरिरहेका छन् । उनका बुवाको स्वास्थ्यमा सुधार हुन नसकेको चिकित्सकले जनाएका छन् । डाक्टरले छोरा शिवम्लाई जवाफ दिएका छन्, ‘अब हाम्रो हातमा केही छैन, शरीरमा संक्रमण धेरै फैलिएको छ, फोक्सो काम गरिरहेको छैन ।’

भगवान्को शरणमा पुगेका छोरा शिवम्ले भने, ‘भगवान् अचलेश्वर महादेव नै मेरा बुवाको रक्षा गर्न सक्छन् ।’ मन्दिरका पण्डित, पुजारी र श्रद्धालुमा अचलेश्वर महादेवको मनोकामना पूरा गर्ने विश्वास छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्