
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई जोडेर सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको पाइएको छ । हाल कोरोना संक्रमण भइ आइसोलेशनमा रहेका थापालाई जोडेर सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको पाइएको हो ।
थापाले सामाजिक सञ्जालमार्फत आफू आइसोलेसनमा रहेका बेला निकृष्ट र अपराधिक कार्यहरू गरेको पाइएको भन्दै आश्चर्यचकित भएको बताएका छन् ।
जसपाका सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर महेश बस्नेतले बालुवाटारमा बिल पेश गरेको भन्ने झूटा प्रचार फेसबुकमा राखिएको थापाले उल्लेख गरेका छन् । सो प्रचार गर्न फोटोसप गरेर आफ्नो फोटोको दुरुपयोग गरिएको भन्दै थापाले आपत्ति जनाएका छन् ।
‘वैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटसजस्तैगरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गंगीर ध्यानाकर्षण भएको छ’, त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु ।’
उनले साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न ध्यानाकर्षण समेत गराएका छन् ।