सुँगुरले आफ्नो मलद्वारबाट पनि सास फेर्ने गरेको पत्ता लागेपछि कोरोना उपचारमा सहजता आउने विश्वास वैज्ञानिकहरूले गरेका छन् ।
कमजोर फोक्सो भएकाहरूलाई कोरोना लाग्दा मलद्वारबाट सास फेर्न सक्ने पद्धति विकसित गरिएको छ । अक्सिजनको हाहाकार भइरहेको अहिलेको समयमा यो उपचार पद्धति प्रभावकारी हुने देखिएको छ ।
जापानको टोक्यो मेडिकल यान्ड डेन्टल विश्वविद्यालयका वैज्ञानिक ताकानेरी ताकेबेले कोरोनाका कारण भेन्टिलेटरमा रहेको र फोक्सोको संवेदनशील टिस्यु भएकालाई अक्सिजनको दबाबले पनि हानि गर्छ भने ।
पानीभित्र माछाले अनि जमीनमा सुँगुरले मलद्वारबाट सास फेर्ने गरेको पाइएकोमा मानिसका लागि यस्तो व्यवस्था गर्न सकिन्छ कि भनी सेल नामक जर्नलमा अध्ययन प्रकाशित गरिएको छ ।
स्तनधारी जीवहरूमा रहेको मलद्वारको चारैतिर पातलो झिल्ली हुने र त्यसले विशेष कम्पाउन्डहरूलाई सोसेर रक्तनलीमा पठाउने गर्छ ।
ताकानोरीका अनुसार, सुँगुरहरूको मलद्वारमा एनिमामार्फत एक विशेष तरल पदार्थ परफ्लोरोकार्बन राखिएको थियो । त्यस तरल पदार्थले उच्च स्तरमा अक्सिजन सोसेर राख्छ । त्यसलाई सास फेर्न लायक बनाउन सकिन्छ ।
त्यसको उपयोग समयअगावै जन्मिएका बच्चाको फोक्सो जोगाउनका लागि दिइन्छ ।
कोरोना संक्रमित मानिसहरूलाई यसैगरी मलद्वारमार्फत अक्सिजेनेटेड तरल पदार्थ दिन सकिन्छ । त्यसले गर्दा उनीहरूको रगतमा अक्सिजनको कमी पूरा हुन्छ । अनि अक्सिजन सिलिन्डर पनि आवश्यक पर्दैन ।
गरीब मुलुकहरूमा यो उपाय प्रभावकारी हुन सक्ने ताकानोरीको भनाइ छ ।