१७ असार २०८३, बुधबार

प्रधानमन्त्रीको शपथमा ‘त्यो पर्दैन’ भनेपछि सर्वाेच्च अदालतमा परेको रिट दर्ता

प्रधानमन्त्रीको शपथमा ‘त्यो पर्दैन’ भनेपछि सर्वाेच्च अदालतमा परेको रिट दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथका क्रममा ‘प्रतिक्षा गर्छु’ नभनेर ‘त्यो पर्दैन’ भनेपछि सर्वाेच्च अदालतमा परेको रिट दर्ता भएको छ ।

रिटमा रितपूर्वक पुनः शपथ गराउनुपर्ने माग गरिएको छ ।

रिट सोमवार दर्ता भएर मंगलवारका लागि पेशी तोकिएको रिट निवेदक मध्येका एक अधिवक्ता लोकेन्द्र वलीले लोकान्तरलाई जानकारी दिए ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले आइतवार सर्वोच्चमा रिट दर्ताका लागि निवेदन दिएका थिए ।

रिट निवेदनमा उल्लेख छ, ‘नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट मिति २०७८/१/३१ मा भएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रोपटक शपथ ग्रहण गर्नू र गराउनू भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गरी पाऊँ । साथै प्रधानमन्त्री तथा मन्त्रीले लिने शपथको ढाँचा सहितको संघीय कानून अविलम्ब बनाउनू भनी विपक्षीहरूको नाममा परमादेशको समेत आदेश जारी गरी पाऊँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्