
कर्णाली प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
आइतवार नियुक्त मन्त्रीहरूले सोमवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ लिएका हुन् ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतवार सांसद सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए ।
नवनियुक्त दुवै मन्त्री नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहेका छन् ।