
युरोेपेली मुलुक आइसल्यान्डमा अहिले एउटा ज्वालामुखी सक्रिय छ । मार्च १९ देखि यसले लाभा निकालिरहेको छ ।
फग्राडाल्सफजाल क्षेत्रमा रहेको ज्वालामुखी राजधानी रेकजाभिकबाट ४० किलोमिटर टाढा छ । ज्वालामुखी निजी जमीनमा भएको र त्यसका २० जना मालिकहरू रहेको बताइएको छ ।
आइसल्यान्डका सञ्चारमाध्यमहरूका अनुसार, ज्वालामुखीले ओगटेको जमीन किन्नका लागि मानिसहरू मरिहत्ते गरिरहेका छन् । त्यसको भाउ ह्वात्तै बढेको छ ।
जमीनका मालिकहरूलाई घरजग्गा व्यवसायी दलालले अनेकौं अफर दिएका छन् ।
मार्च महिनादेखि लाभा निस्कन थालेकोमा अहिले त्यसको गति झनै बढेको छ । लगभग ५०० मिटरको उचाइसम्म लाभा र खरानी उडिरहेको छ ।
लाभा निस्कन थालेपछि उक्त क्षेत्रमा पर्यटकहरूको भीड बढेको थियो । अब यसलाई किन्नका लागि मानिसहरू आतुर देखिएका छन् ।