१५ असार २०८३, सोमबार

बजेट अधिवेशनको तयारी गर्दै संघीय संसद सचिवालय

बजेट अधिवेशनको तयारी गर्दै संघीय संसद सचिवालय

संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ । 

संविधान अनुसार संघीय संसदको प्रतिनिधि सभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ तर हालसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन ।

यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ । सचिवालयले अब समय घर्किसकेकाले प्रिबजेटमाथि छलफल चलाउन नसकिने बताएको छ ।

प्रवक्ता डा. रोजनाथ पाण्डेलले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने भए पनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको बताए ।

‘प्रि–बजेटलाई त सम्भव देखिएन । १५ दिनअघि भन्ने छ । जेठ १५ गतेको अगाडि । त्यो हामीले समय गुजारिसकेका छौं । अब नीति तथा कार्यक्रम र बजेटका कुरा छन् । त्यसको लागि १/२ दिनभित्रै यदि बैठक आह्वान भइहाल्यो भने, बैठकलाई छोटो तरिकाले सञ्चालन गरेर सीमित सख्यामा माननीय सदस्यहरूलाई समय उपलब्ध गराएर, दलीय प्रतिनिधित्वको हिसाबले सहमति गरेर सञ्चालन गर्ने हो भने त्यति ठूलो समस्या छैन । यो १५ दिनको अवधिमा हामी त्यो काम गर्न सक्छौं,’ उनले भने ।

प्रवक्ता पाण्डेले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी तीब्र ढंगले बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ । तर भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्‍याउने उनले बताए ।

संविधान र संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावलीले भौतिक रूपमा उपस्थित भएर बैठक सञ्चालन गर्ने कुरालाई मात्रै आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानूनी मान्यता दिने अवस्था नरहेको उनले बताए । तर त्यस किसिमको अवस्था आएमा प्राविधिक रूपमा सचिवालय दुरुस्त रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्