रुसमा चलिरहेको कार र्यालीमा एक कार मोडमा नियन्त्रण गुमाउन पुगेपछि धेरैपल्ट पल्टा खाएको छ र झण्डै दर्शकहरूसँग ठोक्किएको छ ।
उत्तरी लेनिनग्राद क्षेत्रमा आयोजना गरिएको उक्त कार र्यालीमा चालक ओलेग लोजिन्स्कीले तीव्र गतिमा गुडाइरहेको कारलाई मोडमा घुमाउँदा कार पल्टिएको हो ।
मोडमा खचाखच दर्शकहरू उभिएर रेस हेरिरहेका थिए । कार ढिस्कोको छेउमा छोइएर हावामा फनफनी पल्टा खाँदै सडकतिर झरेको थियो र अलिकतिले मात्र दर्शकहरू बचेका थिए ।
कार रोकिएपछि दर्शकहरू चालक तथा रमितेहरूलाई चोट लागेको हो कि भनी हेर्न गएका थिए ।
कसैलाई गम्भीर चोटपटक लागेको छैन । चालक लोजिन्स्कीको जिउमा ठक्कर परेको छ ।
बाटोमा यसरी मानिसहरू किन झुम्मिएका हुन् भनी उनले प्रश्न गरेका छन् ।
The nearest of near misses 😬
— RT (@RT_com) May 17, 2021
Follow us on Telegram https://t.co/a7xmeYFElE pic.twitter.com/Mf0e9XZaUf