०४ साउन २०८३, सोमबार

नेता योगेश भट्टराईको समन्वयमा स्वास्थ्य सामग्री उपलब्ध

जेठ ३, २०७८
नेता योगेश भट्टराईको समन्वयमा स्वास्थ्य सामग्री उपलब्ध

नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ ।

कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री काठमाडौंका सोमवार ताप्लेजुङ पठाइएको जनाइएको छ । 

उनका स्वकीय सचिव प्रेम गुरागाईंले ७ थान अक्सिजनसहित अक्सिज, एन ९५ मास्क १०० थान, गाउन १०० थान, पन्जा १०० जोर, मास्क २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौंबाट ताप्लेजुङ पठाइएको बताए ।

ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले जिल्ला अस्पतालमा आवश्यक सामग्री माग गरेपछि पठाइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्