०६ साउन २०८३, बुधबार

प्रधानमन्त्रीको शपथ विरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा

प्रधानमन्त्रीको शपथ विरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार लिएको शपथको विषयलाई लिएर परेको रिटमाथि मंगलवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेशी तोकिएको छ ।

शपथका क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएर संविधानको उल्लघंन गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेका थिए ।

बरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र वली लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

रिटमा सांसद सदस्य नरहेका ७ मन्त्रीलाई काम गर्न रोक्न माग दावी गरिएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेका ७ जना गैर सांसद मन्त्रीले दोस्रो पटक शपथ लिएका छन् । 

कमेन्ट गर्नुहोस्