०४ असार २०८३, बिहीबार

बिहेको २ हप्तामै होटलको पाँचौं तलाबाट झरेर ब्राजिलका गायक एमसी केभिनको मृत्यु

जेठ ४, २०७८
बिहेको २ हप्तामै होटलको पाँचौं तलाबाट झरेर ब्राजिलका गायक एमसी केभिनको मृत्यु

ब्राजिलका लोकप्रिय गायक एमसी केभिनको रियो द जेनेरियोस्थित एक होटलको पाँचौं तालाबाट खसेर मृत्यु भएको छ ।

उनी २ हप्ताअघि मात्र वैवाहिक बन्धनमा बाँधिएका थिए । उनले मेक्सिकोमा प्रेमिका देवलान बेजेरासँग विवाह गरेका थिए ।

उनकी पत्नी पेशागत रूपमा आपराधिक वकिल हुन् । केभिन होटलको एघारौं तल्लामा बसेका थिए ।

उनी आफ्नो साथीको कोठामा पाँचौं तलामा रमाइलो गर्न गएको बेलामा बालकनीबाट खसेर रहस्यमय घटनामा उनको मृत्यु भएको र अनुसन्धान भइरहेको छ ।

गायकलाई नजिकैको अस्पतालमा पुर्‍याउने बितिकै उनलाई मृत घोषणा गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्