
अमेरिकी पप स्टार एरियाना ग्रान्डेले डल्टन गोमेजसँग सानो पारिवारिक समारोहबीच विवाह गरेकी छन् ।
२७ वर्षीया अमेरिकी गायिकाले २० भन्दा कम पारिवारिक सदस्यबीच विवाह सम्पन्न गरेकी हुन् ।
ग्रान्डेले डिसेम्बरमा घरजग्गा कारोबारीसँग इङ्गेजमेन्ट गरेकी थिइन् ।
सञ्चारमाध्यमका अनुसार विवाह समारोह क्यालिफोर्नियास्थित घरमा भएको थियो ।