०९ असार २०८३, मंगलबार

गाउँ पसेको हात्ती खेदाउँदा १ जनाको मृत्यु

जेठ ४, २०७८
गाउँ पसेको हात्ती खेदाउँदा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

झापाको मेचीनगर नगरपालिकामा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु भएको छ । 

सोमवार राति करीब साढे १२ बजे गाउँ पसेको हात्ती खेदाउने क्रममा मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

राति स्थानीय मागुरमाडी सामुदायिक वनबाट जंगली हात्ती गाउँ पसेको थियो । हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।

घाइते राईको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा सोमवार राति २ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीलाई स्थानीय र प्रहरीले जंगलतर्फ लखेटेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्