
उद्योग वाणिज्य संघ जुम्लाले कोरोना संक्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ ।
गत वैशाख २६ गते बसेको बैठकले संक्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।
कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गरेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताए ।
‘निजी गाडी मासिक भाडा तिर्ने गरी कोभिड एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याएका छौं । पहिलो चरणमा १ महिनाको लागि सञ्चालनमा ल्याएका छौं,’ उनले भने ।
संक्रमणको अवधि बढ्दै गएको खण्डमा अर्को व्यवस्था गरिने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष अलिमनियारले बताए ।
एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बर समेत तोकिएको छ । उद्योग वाणिज्य संघको ल्यान्डलाइन नम्बर ०८७–५२००३८ मा फोन गर्न सकिनेछ ।
मोबाइल नम्बर ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ बाट समेत सेवा लिन सकिने छ ।