१२ असार २०८३, शुक्रबार

अक्सिजन उद्योग स्थापना गर्न बैंकबाट बेसरेटमा ऋण पाइने, पुनरकर्जाको सुविधा एकवर्ष

अक्सिजन उद्योग स्थापना गर्न बैंकबाट बेसरेटमा ऋण पाइने, पुनरकर्जाको सुविधा एकवर्ष

 नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुले आधार दर (बेस रेट) मा नै कर्जा उपलब्ध गराइने भएको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै अक्सिजन प्लान्ट स्थापना र लिक्विड अक्सिजन प्लान्ट निर्माणका लागि बेस रेटमा नै कर्जा दिने व्यवस्था गरेको हो ।

यस्तै स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि रु ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि रु २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ । 

ब्याज पुँजीकरणको लागि यस बैंकबाट स्वीकृती प्राप्त गरिसकेका विद्युत परियोजनाहरुको रिक्वायर्ड कमर्सीयल अपरेसन डेट  परिवर्तन भएमा सो अबधिको ब्याज पुँजीकरण गर्न यस बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिने राष्ट्र बैंकको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्